News

दक्ष जनशक्तिको अभावले ग्रील तथा स्टील व्यवसायले अपेक्षित गति लिन सकेन्

ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले ग्राहकलाई गुणस्तरीय सेवा  प्रदान गरेर  ग्रील तथा स्टील व्यवसायलाई सम्मानित व्यवसायको रूपमा  स्थापित गर्नु पर्नेमा जोड दिएका छन् । ग्रील तथा स्टील व्यवसायी संघ  कपन ईकाईको साधरण सभा तथा अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष कटुवालले सो कुरा बताएका हुन् ।  अध्यक्ष कटुवालले ग्रील तथा स्टील व्यवसायलाई निर्वाहमुखी भन्दा पनि व्यावसायिक उद्यमको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
अध्यक्ष कटुवालले  हालसालै न्युनतम पारिश्रमीक   ३९ प्रतिशतले वृद्धि भएको बताउदै समय सापेक्ष उद्योगको उत्पादकत्व बढाउदै  न्युनतम पारिश्रमिक  अनिवार्य रुपमा कार्यान्वयन गर्न समेत निर्देशन दिए । व्यवसाय दर्ता नगरी व्यापार गरिरहेका व्यवसायीहरूलाई दर्ता प्रक्रियामा सामले भई उत्तरदायी व्यवसायी बन्न समेत सुझाव दिए ।
१ लाख ६० हजारभन्दा बढीले रोजगार पाएको यस क्षेत्रमा अझै पनि दक्ष जनशक्ति अभाव प्रमुख समस्याको रुपमा रहेको बताउदै अध्यक्ष कटुवालले  ग्रील व्यवसायमा  तत्काल ५० हजार  जनशक्तिलाई थप रोजगारी दिन सक्ने बताए । नेपाल सरकारले तोकेको मुल्यसुचीलाई आधार मानी महासंघले तयार गरेको उपभोक्ता  मूल्य अनुसार नै सामाग्रीको विक्री गर्न निर्देशन दिए ।
ग्रील तथा स्टील व्यवसायी  संघ कपन ईकाईको अधिवेशनले  विष्णुकुमार श्रेष्ठलाई पुन: अध्यक्षमा निर्वाचित गरेको छ ।  यस्तै संघको उपाध्यक्षमा बईनबहादुर श्रेष्ठ, सचिवमा भेषबहादुर श्रेष्ठ तथा कोषाध्यक्षमा विष्णु श्रेष्ठ निर्वाचित भएका छन् । ग्रील तथा स्टील व्यवसाय संघ काठमाडौँ अन्तर्गत १४ ईकाई रहेका छन् ।

 

Comments