News

शुक्रबारदेखि अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहाने विद्यार्थीलाई लक्षित गर्दै बृहत अष्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ ।
अष्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरुको  छाता संगठन अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाईन्स (एका) को आयोजनामा  उक्त शैक्षिक मेला हुन लागेको हो । शैक्षिक मेलामा अष्ट्रेलियाका सातवटा कलेज तथा २२ वटा शैक्षिक  परामर्शदाताहरुको प्रत्यक्ष सहभागिता हुने छ । दुई दिन सम्म चल्ने मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी पढाईमा खर्च, पढ्ने विषय कलेज तथा विद्यालयको बारेमा जानकारी उपलब्ध गराईने आयोजकले जनाएको छ । विद्यार्थीसँग अभिभावक भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको यो मेला दोस्रो संस्करणको हो ।
एकाका अध्यक्ष निरज श्रेष्ठले अष्ट्रेलिया पछिल्लो समय नेपाली विद्यार्थीको रोजाईको प्रमुख गन्तव्यको रुपमा विकास भएको बताउदै विद्यार्थी तथा अभिभावकलाई एकै छानामुनि राखेर अष्ट्रेलियाको शैक्षिक  प्रणालीको बारेमा सूसुचित गराउन मेलाले महत्वपुर्ण भुमिका  खेल्ने विश्वास व्यक्त गरे ।  अध्यक्ष श्रेष्ठले अष्ट्रेलियन रहन सहन,  शैक्षिक वतावरण लगायतका विषयमा विद्यार्थीलाई अवगत गराउन सके भविष्यमा  नेपाली विद्यार्थीलाई उच्च शिक्षा लिन सहज हुने बताए । २ दिन सम्म चल्ने मेला राजधानी स्थित  होटल अन्नपुर्णमा सञ्चालन हुनेछ । मेलाको २० हजार विद्यार्थीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

 

Comments