काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले भोली (शुक्रबार) बाट आह्वान भएको संसदको हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेशको अस्वीकार गर्ने अडान कायम नै राखेको छ ।
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्षदलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल सहभागी छन् ।यस्तै, वेदुराम भुसाल, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, स्वर्णिम वाग्ले र सन्तोष परियार लगायतका नेताहरु सहभागिता रहेको थियो ।