मङ्सिर १४,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताउनु भएको छ ।

सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले चाँडै प्रक्रिया अगाडी बढ्ने बताउनु भयो । उहाँले त्यसको लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ चाडै प्रक्रिया अगाडी बढ्न सक्ने बताउनु भयो ।
अर्थमन्त्री शर्माले नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने बताउनुभयो । उहाँले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्तिप्रक्रिया देखि आजसम्मको स्थितीमा आएको बताउनुभयो । मन्त्री शर्माले नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउदै अब नेपालमा समाजवादी बाटो नयाँ बाटोको आवश्यकता भएको औँल्याउनु भयो ।

Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here