अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती छ ः महानिर्देशक शाक्य

आन्तरिक राजश्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याउन चुनौती रहेको बताउनुभएको छ । बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता सम्मान कार्यक्रममा बोल्दै शाक्यले यस्तो बताउनुभएको हो । उहाँले कर प्रणालीलाई डिजिटल बनाउनु आवश्यक प्रक्रिया थालनी गरिने बताउनु भयो । उहाँले केही वर्ष भित्रमा सम्पूणर् निजी क्षेत्रको कारोबारलाई अनलाइन बिल्डिङ प्रणालीमा लैजाने तयारीमा विभाग रहेको बताउनु भयो । शाक्यले भन्सार प्रशासनमा आएको राजश्व गिरावटको असर कर प्रशासनमासमेत देखिन थालेको बताउनु भयो । उहाँले आन्तरिक राजश्व विभागले गर्ने कर संकलन धेरै डाइनामिक रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र दबाबमा रहेको भन्दै बजारमा भएको तरलता अभावले आगामी दिनमा थप चुनौतीपूणर् रहेको बताउनु भयो ।
त्यस्तै अर्थ मन्त्रालयका अर्थसचिव रामेश्वर दंगालले कर प्रशासनका कर्मचारीहरु मात्रै नभइ उद्योगी व्यवसायी र आम जनताले पनि सामुहिक रुपमा चिन्ता गर्नुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले सरकारको वित्तिय श्रोतको अत्यन्तै महत्वपूणर् अंश राजश्व संकलनको विषय कठिन अवस्थामा रहेको बताउनु भयो । उहाँले चालु वर्ष सरकारले लिएको राजश्व लक्ष्य ८९ प्रतिशत मात्रै आन्तरिक राजश्वतर्फ संकलन भएको बताउनु भयो । दंगालले पछिल्लो चार महिनामा ७२ प्रतिशत मात्रै राजश्व संकलन भएको बताउनु भयो । उहाँले गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले राजश्व संकलनमा संकुचन आएको बताउनु भयो ।
उहाँले राजश्व संकलनको संकुचनले इतिहासको कठिन घडीमा सरकार भएकाले सरकारले खर्च गर्ने क्षमता लगायत समग्र क्षमतामा असर गर्ने स्थिति देखिएको बताउनु भयो ।

Spread the love

Comment here