प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो आरोप लगाएको हो । अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भएपनि सरकार त्यसका लागि तयार नभएको पाइएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनु भयो । उहाँले मजदुरलाई भन्दा सो भत्ताबारे सरकारलाई बुझाउन आफूहरुलाई गाह्रो भईरहेको टिप्पणी पनि गर्नु भयो ।
जिफन्टले सामाजिक सुरक्षा भत्ता वितरणको विरोधमा केही मजदुरहरु आफै लागेको भन्दै आपत्ति जनाउँदै आएको छ ।
यसैबीच, जिफन्टले भोली (१८ गते) अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंको भृकुटीमण्डवमा एक कार्यक्रमको आयोजना गरेको छ । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले सो कार्यक्रमको उद्घाटन गर्नु हुने पनि जिफन्टले जनाएको छ ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here