संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको छ । बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय हवाई बिन्दु भएका कारण एयर कनेक्टिभिटी सहज नभएकाले सरकारले अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि भारतसँग छलफल शुरु गरेको बताउनुभएको हो । उहाँले सरकारले महेन्द्रनगर, नेपालगञ्ज र भैरहवा प्रवेश बिन्दु खुला गराउनका लागि भारतसँग छलफल शुरु गरेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालले सिमित आकाश प्रयोग गर्दा अन्तर्राष्ट्रिय हवाई बिन्दु एउटामात्र भएका कारण एयर कनेक्टिभिटी सहज हुन नसकेको बताउनु भयो । उहाँले नेपालले अहिले ४० देशहरुसँग दुईतर्फी हवाई उडान सम्झौता भइसकेको बताउँदै अब छिट्टै अमेरिका,रुस लगायतका देशमा सिधा उडान गर्ने तयारी शुरु गर्ने जानकारी दिनुभयो । उहाँले यसबाट नेपाललाई १२ महिना नै पर्यटकीय गन्तव्य स्थल बनाउन टेवा पुग्ने बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटकहरु नेपाल घुम्नको लागि १२ महिना नै आउनसक्ने हावापानी र वातावरण रहेको बताउनु भयो ।
पर्यटनमन्त्री श्रेष्ठले सरकार हवाई, जल, स्थल, रेल कनेक्टिभिटी सुदृढीकरणमा लागि प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कनेक्टिभिटी विकास गर्नको लागि लगानी भित्र्याउन र लगानी बिस्तार गर्न सरकारले प्राथमिकता दिएको बताउनु भयो । मन्त्री श्रेष्ठले कनेक्टिभिटी बिना विकासको गति लिन सहज नहुने बताउनु भयो । उहाँले नेपालमा कृषि, जलस्रोत र पर्यटन क्षेत्रको विकासको लागि हवाई, जल, स्थल, रेल कनेक्टिभिटीको आवश्यकता रहेको बताउनु भयो । मन्त्री श्रेष्ठले एउटा मात्र मुलुकको पूर्वाधार विकासले विश्व आर्थिक रुपमा मजबुत हुन नसक्ने भन्दै रिजनल कनेक्टिभिटीलाई अगाडि बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले क्षेत्रीयसँगै आन्तरिक कनेक्टिभिटीहरुको पनि उत्तिकै आवश्यक रहेको बताउनु भयो ।
मन्त्री श्रेष्ठले पर्यटन प्रवद्र्धधनका लागि सुदूरपश्चिमको खप्तड, मानसरोवर नियाल्न सकिने हुम्ला, रारा, फोक्सुन्डो लगायत गन्तव्य तर्फका सडकमार्ग तयार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले यी क्षेत्रमा सडक मार्ग तथा भौतिक पूर्वाधारको विकास हुनसके पर्यटकहरु सहजरुपमा जानसक्ने अवस्था रहेको बताउनु भयो ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here