अन्तर्राष्ट्रिय हवाई परिवहन सम्बन्धी मन्ट्रियल महासन्धि पारित

अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई  संसदले सर्वसम्मत रुपमा पारित गरेको छ ।
प्रतिनिधि सभाको  बिहिबार बसेको  बैठकमा उक्त महासन्धि पारित भएको हो ।
सस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र  अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्न प्रस्ताव राखेका थिए ।
मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदै फाइदा हुने र अन्तर्राष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले  पाउने बीमा रकम समान हुने जानकारी दिए ।  मन्त्री  अधिकारीले अन्तराष्ट्रिय उडानमा  नेपाली यात्रुले  बेहोर्दैै आएको विभेदको अन्त्य भएको  ऐतिहासिक दिनको रुपमा लिनुपर्ने बताए ।
हवाई यात्रामा हुने जोखिम कम गर्न र यात्रुको सुविधालाई संसारभर एकै खालको बनाउन क्यानडाको मन्ट्रियलमा सन् १९९९ मे २८ मा अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनले उक्त महासन्धि पारित गरेको थियो । यसमा हालसम्म १ सय ३१ देशले हस्ताक्षर गरिसकेका छन् ।
यो महासन्धि लागू भएपछि नेपालमा उडान गर्ने यात्रु र पर्यटकले दुर्घटना वा हवाई अव्यवस्थापनका कारण भोग्नुपरेको कष्ट वा क्षतिको  उपयुक्त  क्षतिपूर्ति प्राप्त गर्ने प्रावधानलाई सुनिश्चित गर्छ ।
यो महासन्धि लागू भएका देशमा यात्रुको सामान डेलिभरी गर्न हवाई कार्गोले ढिला गरे वा ओसार्ने क्रममा सामानको नोक्सानी भए  प्रतिकिलो रु दुई हजार ९० क्षतिपूर्ति तिर्नुपर्नेछ । यस्तै व्यागेजको नोक्सानी वा क्षति भएमा रु एक लाख २४ हजार ४१० क्षतिपूर्ति तिर्नुपर्नेछ । यात्रुको यात्रा बिलम्व भएमा रु पा“च लाख १६ हजार ३४० क्षतिपूर्ति दिनुपर्ने व्यवस्था महासन्धिले गरेको छ ।
उडानका दौरान भएको दुर्घटनाबाट यात्रुको मृत्यु भएमा वा चोटपटक लागेमा प्रतिव्याक्ति करोड ७४ लाख नेपाली रुपैया“ क्षतिपूर्ति तिर्नुपर्नेछ । नेपालले हालसम्म सन् १९५५ देखि कार्यान्वयनमा आएको ‘हेग प्रोटोकल’ लाई कार्यान्वयन गर्दै आएको थियो ।  हालसम्म हवाई यात्रुको बीमा २० हजार डलर मात्रै रहेको थियो ।
नेपाल हालसम्म महासन्धिको पक्ष राष्ट्र नहु“दा यात्रुहरूले विमान कम्पनीबाट यस्तो क्षतिपूर्ति पाउन सकिरहेका थिएनन् । यसले गर्दा नेपालको अन्तर्राष्ट्रिय छवि हवाई उडानका क्षेत्रमा राम्रो र विश्वसनीय बन्न सकिरहेको थिएन ।  महासन्धि पारितभएस“गै नेपालको उडड्यन क्षेत्रको सुधारमा समेत नया“ आयाम  थपिने अपेक्षा गरिएको छ ।

Spread the love