अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो।

कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० का दरले ५ लाख कित्ता साधारण सेयरको बिक्री खुलाउने भएको छ। आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
हाइड्रोपावरको साधारण सेयरका लागि प्रभावित क्षेत्रका बासिन्दाले आउ“दो जेठ १० बाट छिटोमा जेठ २४ गते र ढिलोमा असार ८ गतेसम्म आवेदन दिन पाउने छन्। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढ्यो - May 19, 2022
- दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - May 19, 2022
- अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्चतम बिन्दुमा - May 19, 2022
Comment here