अपि पावर कम्पनी लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा २१ लाख ४३ हजार रुपैयाँ मात्र थियो । विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढ्न पुगेको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य रुपमा बढेको छ। ६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५५ करोड ७६ लाख रुपैयाँ रहेको छ।