काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचना वा घरहरु बनाउनुपर्ने आवश्यकता देखाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित भूकम्प स्मृति दिवसको कार्यक्रममा उनले राष्ट्रको आर्थिक अवस्था र बजेटले पुुनःनिर्माण भ्याउन नसक्ने भन्दै क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचनावा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
यस्तै, उनले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई क्षति नहोस् भनेर पूर्वतयारीमा जोडदिन पनि आग्रह गरेका छन् ।
उनले सदैव राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्कन गर्दै आगामी दिनपनि एकै ठाँउमा हुनुपर्ने बताए ।