अमेरिकाले स्टील र अल्मुनियममा २५% कर लगाउने

चिनियाँ सामानमा १० प्रतिशत कर लगाएको अमेरिकाले आयातित स्टील र अल्मुनियममा २५% कर लगाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातितस्टील र अल्मुनियममा २५ प्रतिशत कर लगाउने बताएका छन् । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि चिनियाँ सामानमा १० प्रतिशत कर लगाएका थिए । प्रति उत्तरमा चिनले पनि अमेरिकी सामानमा १० प्रतिशत नै कर लगाएको छ ।
अमेरिकाले सन् २०१८ मा पनि आयातित स्टीलमा २५ प्रतिशत र एल्मुनियममा १० प्रतिशत कर लगाएको थियो । क्यानडा र मेक्सिको, ब्राजिल, दक्षिण कोरिया लगायतका मुलुकले अमेरिकामा स्टील निर्यात गर्दै आएका छन् । केही अघि अमेरिकाको लस एन्जल्समा आगलागिबाट क्षति भई पुननिर्माण कार्य भइरहेको अवस्थामा आयातित स्टील र अल्मुनियममा २५ प्रतिशत कर लगाउने व्यवस्थाले पुननिर्माण लागत बढ्न सक्ने आंकलन गरिएको छ ।

Spread the love