अमेरिकी डलरको भाउ स्थिर, युरो सिङ्गापुर डलर र पाउण्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
अमेरिकी डलरको मूल्य सोमबार स्थिर छ भने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ। साथै अन्य विदेशी मुद्राको भाउ स्थिर रहेको छ ।
ऋाज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
एक युरोको खरिददर एक सय ४४ रुपियाँ ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ०७ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७१ रुपियाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ६१ पैसा कायम गरिएको छ ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८७ पैसा र बिक्रीदर ८७ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ९५ पैसा र बिक्रीदर ९६ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।
त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपियाँ ८२ पैसा र बिक्री दर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ र बिक्रीदर १९ रुपियाँ ०८ पैसा, तोकिएको छ।
थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ६० पैसा र बिक्रीदर १२ रुपियाँ ६५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६८ पैसा र बिक्रीदर १७ रुपियाँ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपियाँ७२ पैसा र बिक्रीदर चार सय ४८ रुपियाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपियाँ७२ पैसा निर्धारण गरेको छ।

Spread the love