अमेरिकी डलर घट्दा युरो र पाउन्ड बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
जस अनुसार,आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैया ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६१ रुपैया २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा, अष्ट्रेलियनडलर एकको खरिददर ८९ रुपैयँ ८८ पैसा र बिक्रीदर ९० रुपैया २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैया ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा, सिगांपुर डलर एकको खरिददर १०७ रुपैया ४२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रुपैया ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनिया युआन एकको खरिददर १९ रुपैया ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैया ४१ पैसा र बिक्रीदर ३६ रुपैया ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैया ४६ पैसा र बिक्रीदर ३७ रुपैयँ ६३ पैसा निर्धारण गरेको छ ।
यसैगरी थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैया ७० पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ६४ पैसा र विक्रीदर ३५६ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Spread the love