अमेरिकी डलर र पाउण्ड बलियो हुँदा आज युरो कमजोर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्री दर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको हो ।
यसैगरी युरोपियन युरो एकको खरिद दर १५८ रुपैयाँ ०३ पैसा र बिक्री दर १५८ रुपैयाँ ७२ पैसा, यूके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ ७३ पैसा र बिक्री दर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०७ रुपैयाँ ०१ पैसा र बिक्री दर १०७ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैङ्कले जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५२ पैसा र बिक्री दर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १३ पैसा र बिक्री दर १९ रुपैयाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ७१ पैसा र बिक्री दर ३७ रुपैयाँ ८७ पैसा, थाई भाट एकको खरिद दर चार रुपैयाँ २३ पैसा र बिक्री दर चार रुपैयाँ २५ पैसा, यूएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ३७ पैसा र बिक्री दर ३२ रुपैयाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ १९ पैसा र बिक्रीदर २१ रुपैयाँ २८ पैसा, हङकङ डलर एकको खरिद दर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिद दर ४४९ रुपैयाँ र बिक्रीदर ४५० रुपैयाँ ९६ पैसा, बहराइन दिनार एकको खरिद दर ३६४ रुपैयाँ २७ पैसा र बिक्री दर ३६५ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रुपैयाँ ९७ पैसा र विक्री दर ३५८ रुपैयाँ ५३ पैसा तोकिएको छ ।

Spread the love