काठमाडौं । बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कमहुने हिसाबले इलेक्ट्रिक गाडी(विद्युतीय सवारी साधन)हरु महत्वपूर्ण भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा उनले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताए ।
उनले भने, ‘अमोडाले इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले ल्याएको छ । नेपालको सन्दर्भमा इलेक्ट्रिसिटी पनि पर्याप्त मात्रामा छ । पेट्रोलियम पदार्थहरु धेरै महंगो पनि भएको छ । त्यसैले पेट्रोलियम पदार्थमा लगानी धेरै गएको छ । नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण पनि कम हुने हिसाबले इलेक्ट्रिक गाडीहरु महत्वपूर्ण छ ।’
यसको साथै, उनले इलेक्ट्रिक गाडीहरु बढेपनिचार्जिङ् पोइन्टहरु कमभएको भन्दै यसको लागि नेपाल सरकार र बागमतीप्रदेशले पैसा छुटाएको बताए ।
यसको साथै राजस्व घरमै बसेर तिर्न सक्ने,पूरानो व्यवस्थाहरुलाई पनि अध्यावधि गरेर सुलभ बनाउने र २० वर्ष भएका गाडीहरुलाई सबैको जाँच गरेर त्यसलाई नष्ट गर्ने कि पुननिर्माण गर्ने भन्ने खालको व्यवस्थापन पनि गरेका उनको भनाई छ ।