अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्षको भनाई

राष्ट्रिय योजना आयोगले कोरोना संक्रमणका कारण अर्थतन्त्रमा प्रभाव परेकाले पन्ध्रौं योजनामा परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि लामो समय बन्दाबन्दीको अवस्था रहेपछि पन्ध्रौं योजनाले आत्मसाथ गरेका लक्ष्यहरु पुरा हुन नसकेकाले परिमार्जन गर्नुपर्ने स्थिति देखिएको आयोगले बताएको छ । आयोगका उपाध्यक्ष डा. पुष्पराज कडेलले कोरोनाका कारण अर्थतन्त्रमा गम्भिर असर परेको र आर्थिक वृद्धि लक्ष्य अनुसार हासिल नहुने देखिएकाले पन्ध्रौं पञ्चवर्षीय योजनाका लक्ष्यहरुमा परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभएको हो । पन्ध्रौं योजनाले पहिलो वर्ष साढे आठ प्रतिशत, दोस्रो वर्ष साढे नौ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको तर कोरोनाका कारण हासिल नभएकाले परिमार्जन गरी अगाडि बढ्नुपर्ने स्थिति आएको बताउनुभएको हो ।

कोरोनाको संक्रमण कम हुन्छ भन्ने हिसाबले चालु आर्थिक वर्षको वार्षिक योजना बनाएको तर दोस्रो चरणको संक्रमणका कारण कार्यान्वयनमा असर परेकाले पनि समस्या देखिएको उहाँले बताउनुभयो । अहिलेको अर्ध लकडाउनको स्थितिबाट अर्थतन्त्रमा पर्ने असरको अवस्थालाई हेरेर योजनाका लक्ष्यहरुमा परिमार्जन गर्ने अवस्था आउनसक्ने कँडेलले बताउनुभयो ।

असार सम्मको लकडाउन पछि कोरोनाको प्रभाव न्यूनीकरण तिर गएको अवस्थालाई हेरेर योजना बनाएको तर फेरी संक्रमण बढ्दै जाँदा कार्यान्वयनमा असर परेको उहाँले बताउनुभयो । संक्रमणको अवस्थालाई छिट्टै नियन्त्रण गरी नयाा कार्ययोजना बनाएर अगाडि बढनुपर्ने आवस्यकता रहेको पनि उपाध्यक्ष कँडेलले बताउनुभयो ।

राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजना लक्षित समयमा सम्पन्न गर्र्न नसकिने अवस्था आएको पनि क”डेलले बताउनुभयो । कार्यान्वयनमा रहेका आयोजनाहरुमा खासै असर नपरेपनि आयोजना सम्पन्न हुन लाग्ने समय बढ्ने देखिएकाले आयोजनाहरुको लागत समेत बढ्न जाने छ ।

कोरोनाको असर अर्थतन्त्रमा गम्भिर रुपमा परेकोले अव कोरोना रोकथाम तथा नियन्त्रणका उपायहरु अपनाउँदै आर्थिक क्रियाकलापलाई अगाडि बढाउनुको विकल्प नभएको पनि कँडेलले बताउनुभयो । कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरको सम्बन्धमा आयोगले अध्ययन गरिरहेको र त्यसको प्रतिवेदन छिट्टै आउने पनि उहाँले बताउनुभयो । अध्ययन प्रतिवेदनले देशको अर्थतन्त्र जोगाउन र कोरोनाले पारेको असरलाई न्यूनीकरण गर्न सहयोग पु¥याउने उहाँको भनाई छ । अध्ययन प्रतिवेदनले राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनामा परेको प्रभाव न्यूनीकरणका लागि समेत सहयोग पु¥याउने विश्वास गरिएको छ । दीर्घकालीन सोच र पन्ध्रौं योजनाको लक्ष्य हासिल गर्न सरकारले देशको अर्थतन्त्रमा वृहत प्रभाव पार्ने विशिष्ट प्रकृतिका १८ वटा आयोजनालाई रुपान्तरणकारी आयोजनाका रुपमा अगाडि सारेको थियो । रुपान्तरणकारी आयोजनाहरुको कुल लागत २५ खर्ब रुपैयाँ रहेको छ । त्यस्तै राष्ट्रिय गौरवका २२ वटा आयोजनाहरु पहिचान गरी सरकारले कार्यान्वयनो चरणमा लगेको छ । कोरोना महामारीको असरका कारण यी सबै आयोजनाहरुमा प्रभाव परेको छ ।

Spread the love