अर्थतन्त्र चलायमान बनाउन पूर्वाधार निर्माणमा जोड दिनुपर्छ : उपप्रधानमन्त्री सिंह

मोरङ ।उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउनका लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएका छन् ।
बुधबार उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्रीसिंहले लोहन्द्र पुल उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले जहदा र कटहरी जोड्ने पुलको आजै उद्घाटन गरेका छन् । सो स्थानमा पक्की पुल बनेपछि स्थानीयहरूलाई आवत जावतमा सहजता थपिएको छ ।
‘मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका जोड्ने लोहन्द्रा पुलको आज उद्घाटन भयो । यो पक्की पुलको निर्माणसँगै यहाँका नागरिकहरूको दैनिकीमा सहजता थपिने र यहाँको आर्थिक गतिविधि बढ्ने विश्वास लिएको छु,’पुल उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले भने ।


उनले आफूहरू राजनीतिमा जनतालाई अधिकार दिलाउँदै त्यसको संरक्षण गर्न र त्यसैका आधारमा विकास निर्माण मार्फत नागरिकको जीवन र जिविकोपार्जन सहज बनाउन अघिबढिरहेको पनि बताए ।

Spread the love