काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन् ।
शुक्रबार काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय/सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको बताए ।
उनले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने धारणा राखे ।
उनले पैसा,विदेशी विनिमयहरु पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको औंल्याए ।
गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएतापनि अहिले लयमा फर्किएको दाबी गरे ।