अर्थमन्त्रीले सम्हाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी

अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालको जिम्मेवारी सम्हाल्नुभएको छ । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाउनुभएका खतिवडाले आइतबार पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चार माध्यम देशभरीका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ । सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्नले उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पु¥याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेशण गर्न आग्रह गनुभएको छ ।

मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ । सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पु¥याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपु¥याउन पनि आग्रह गर्नुभयो ।

Spread the love