जेठ १४, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष ४.१ प्रतिशत आर्थिक बृद्धि हुन कठिन रहेको बताएका छन् । शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले ४.१ प्रतिशतको आर्थिक बृद्धि हासिल नहुने बताएका छन् ।

सरकारले चालु बर्ष आर्थिक बृद्धि लक्ष्य ७ प्रतिशत राखेको थियो। केन्द्रीय तथ्याङ्क विभागले भने ४.१ प्रतिशत हुने संशोधित अनुमान गरेको थियो ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने जानकारी गराए ।
नेपालको २०७६/७७ मा आर्थिक वृद्धिदर २.१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४.०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाइ छ ।

यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४.०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।
कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले निषेधाज्ञा अघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो गति लिएको दावी गर्दै अहिले त्यसले समस्या पैदा गरेको बताए ।
‘मध्यावधि समीक्षामा करिब ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौं, तर निषेधाज्ञाले समस्या ग¥यो, उनले भने ।
ढुंगानाले देशको आर्थिक सूचकहरु सबै सहज अवस्थामा रहेको बताए । उनले आयात निर्यातका सूचक, व्यापारको अवस्था, राजस्व संकलन सबै राम्रो अवस्थामा रहेको बताए । यद्यपि आर्थिक बृद्धिदरमा भने पछाडी रहेको उनले भने । तर अर्थतन्त्र पहिला भन्दा राम्रो गतिमा रहेको उनको दाबी छ । सरकारले भोली बजेट सार्बजनिक गर्देछ । यस पटकको बजेट कस्तो आउने सबैलाई निकै चासो छ ।
Latest posts by Business TV Nepal (see all)
- अर्थमन्त्री र विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता - June 8, 2023
- लुम्बिनीमा आजदेखि केवलकार सञ्चालनमा आयो - June 8, 2023
- ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित - June 8, 2023
Comment here