अर्बिट इनर्जीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने

काठमाडौं । अर्बिट इनर्जी लि.ले स्थानीयबासी तथा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणलाई प्रति शेयर रु. १०० का दरको ५०,००,००० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।अर्बिट इनर्जी लि.ले कुमारी क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धकनियुक्त गरेको छ ।अर्बिट इनर्जी लिमिटेडका महाप्रबन्धक सुदिप खड्का र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्पशर्मा वीच कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी संझौतामा हस्ताक्षर भएको छ । ।
अर्बिट इनर्जी लि. ले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभा खोलाको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । निर्माण कार्य लगभग ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

Spread the love