आइएमई कस्टमर कार्डवाहक सेवाग्राहीले सपिङ सेन्टरहरुमा २० प्रतिशतसम्म छुट पाउने

आइएमई लिमिटेडले आइएमई कस्टमर कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु हुनेछ ।  बाजेको सेकुवा, चन्ऽागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्लेमा यो सेवा उपलब्ध छ । यस्तै  ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुमा समेत यो सेवा प्रदान गरिने छ । सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज/कस्टमर कार्ड देखाउनुपर्ने छ । हाल कम्पनीले १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय  संस्थामाफर्त सेवा प्रदान गर्दै आएको छ ।

Spread the love