आइएमई ग्रुपले युनाइटेड नेशन क्यापिटल डेभलपमेण्ट फण्ड (यूएनसिडिएफ) को सहकार्यमा डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्नका लागि समझदारी भएको छ । मंगलवार काठमाडौंमा एक कार्यक्रमबीच आइएमई गु्रप र यूएनसिडिएफ बीच समझदारी भएको हो । सम्झौता अनुसार सूचना प्रविधिको विकाससँगै डिजिटल वालेटमा रेमिटेन्सको आप्रवाह बढाउन सहकार्य गर्ने भएका हुन् । सम्झौतामा विशेष गरी महिला रेमिटेन्स प्राप्त कर्ताहरूका समस्याहरूको न्यूनीकरणमा गर्ने विषयमा बढी केन्द्रित हुने छ । आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले डिजिटल वालेटमा महिलाको पहुँच अभिवृद्धि गर्न र ग्रामिण क्षेत्रमा रहँदै आएको बैंकिङ पहुँचको कमजोर अवस्थामा सुधार ल्याउनसमेत सम्झौताले सहजता ल्याउने बताउनु भयो । उहाँले महिलाहरूको वित्तीय पहुँच अभिवृद्धि गर्ने मुख्य उद्देश्य गु्रपको रहेको बताउनु भयो । उहाँले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल र वित्तीय समावेशीकरणमा थप सहयोग पुग्ने विश्वास रहेको बताउनु भयो ।

निर्देशक ढकालले युएनसीडीएफसँगको सहकार्यले वैदेशिक रोजगारीमा गएका सम्पूणर् परिवारहरूलाई रेमिट्यान्स सेवाका लागि डिजिटल वालेटमा आकर्षित गर्ने बताउनु भयो ।
सन् २०२१ को शुरूवातदेखि आइएमई र यूएनसिडिएफले वैदेशिक रोजगारीमा गएका परिवारको हीतका लागि सहकार्य गर्दै आइरहेका छन् । सर्वेक्षण एवम अनुसन्धानका माध्यमबाट ग्राहकका समस्या बुझ्न र रेमिट्यान्स प्राप्तकर्ताहरूका समस्या पहिचान गरी ग्राहक प्रोफाइलको निर्माण गरिने उद्देश्य रहेको आइएमईले बताएको छ । आइएमईले सन् २०२० देखि विद्यमान अन्तर्राष्ट्रिय रेमिटेन्स सेवामा मोबाइल वालेट सेवाहरू संयोजन गरी नेपालमा रेमिटेन्स आप्रवाहको अवस्थालाई झनै सहज बनाउँदै आएको छ । कोभिड-१९ को महामारी र त्यसको परिणामस्वरूप आइएमईले डिजिटल रेमिटेन्स सेवालाई मुख्य प्राथमिकता दिँदै आइरहेको छ ।
तुलनात्मक रूपमा डिजिटल वालेटमा महिलाको कमजोर पहुँचका कारणले वहुसंख्यक महिला रेमिटेन्स प्राप्त कर्ता प्रभावित हुन्छन् कि भन्ने सन्दर्भमा आइएमई र यूएनसिडिएफले डिजिटल वालेटमा महिलाहरूको पहुँच अभिवृद्विमा विद्यमान अवरोधहरू हटाउन सहकार्य गरेका छन् । चालु आर्थिक वर्षको साउन महिनामा रेमिट्यान्स आप्रवाह २०.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय विवरणअनुसार साउनमा रेमिट्यान्स गत वर्षको साउनको तुलनामा २०.३ प्रतिशत बढेको हो । यो साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको छ ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here