आइएमई मोटर्सको जितपुर र नवलपरासीमा शाखा समुद्घाटन

असोज २१,काठमाडौं ।  आइएमई ग्रुप अन्तर्गत  संचालित आइएमई मोटर्स प्रा.लि ले २ वटाशाखा समुद्घाटन गरेको छ । जितपुर बारा स्थित थ्रि एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित २ एस सेट अपको एक कार्यक्रम बीच समुद्घाटन गरीएको हो । यी शाखाहरूबाट सुविधा सम्पन्न शाखाबाट अशोक लेलैण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्टस उपलब्ध हुने जानकारी दिएको छ ।

उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद  ढकालले अशोक लेलैण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको जानकारी दिनुभयो । ढकालले  यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेलैण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्घता ब्यक्त गर्नुभयो। नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आइएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्रि—एस (सेल्स, सर्भिस र स्पेयर्स ) साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

Spread the love