आइतबार सेयर बजारमा उच्च गिरावट, नेप्से परिसूचक ५४.६२ अंकले घट्यो

 

आइतबार नेपाली सेयर बजारमा उच्च गिरावट आएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५४.६२ अंकले घटेकोे हो । गिरावट पछि नेप्से परिसूचक २६१४ अंकमा कायम भएको छ ।
कारोबार रकम पनि बढेको छ भने सबै सेक्टरका सूचक घटेका छन् । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३२ करोडको भएको छ । कुल १३ कम्पनीको मूल्य बढ्दा २३० कम्पनीको घटेको छ । बैंकिङ १.४७, विकास बैंक २.४२, फाइनान्स २.९९, होटल तथा पर्यटन २.२३, हाइड्रोपावर २.३३, लगानी २.०५, जीवन बीमा १.८५, उत्पादन तथा प्रशोधन १.४६, माइक्रोफाइनान्स २.३६, निर्जीवन बीमा २.०७, अन्य १.७४ र व्यापार २.८५ प्रतिशत घटेको छ ।

Spread the love