आज ६ सय ४१ जना संक्रमित थपिएका छन । १२ हजर २ सय ४७ पीसीआर परीक्षणमा २ सय १८ महिला र ४ सय २३ पुरुष गरी ६ सय ४१ जना संक्रमित थपिएको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकामा मात्रै १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौं जिल्लामा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।
अहिले आइसियुमा १ सय जना उपचाररत रहेका छन । प्रदेश नम्बर २ मा ४१ जना, बागमती प्रदेशमा ४७ जना, गण्डकी प्रदेशमा १ जना, प्रदेश नम्बर ५ मा ११ जना आइसियुमा उपचाररत रहेको उहाँलेब बताउनुभयो । यस्तै बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन ।