साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १७.०४ अंक घटेर २०९५ अंकमा कायम भएको छ । कुल ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको छ । ६४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो ।
होटल तथा पर्यटन समूह मात्रै हरियो रह्यो । सो समूह जम्मा २.३ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४९, फाइनान्स १७, हाइड्रोपावर ६, जीवन बीमा ३७, उत्पादन ६२, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा ६८, अन्य १८ र व्यापार समूह २ अंक घटे ।
नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, कुथेली बुखरी स्मल हाइड्रोपावरको ७.३, दिव्यश्वरी हाइड्रोको ६.७, युनियन हाइड्रोपावरको ४.४ प्रतिशत मूल्य बढ्यो । भगवती हाइड्रोपावरको मूल्य १० प्रतिशत घटेको छ ।