साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । आईतवार नेप्से परिसूचक ३१.९७ अंक घटेर १८८५.३१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.७२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक घटेको छ ।
आईतवार कारोबारमा आएका २५३ कम्पनीको ३५ लाख १२ हजार कित्ता शेयर १ अर्ब १० करोड ३४ लाख ४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये बैंकिङ उपसमूहको परिसूचक २.३० प्रतिशत घटेको छ । त्यस्तै,विकास बैंक, फाइनान्स,जलविद्युत, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि सिवाईसी लघुवित्त र समिट लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ । तर नाडेप लघुवित्तको शेयर मूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्टको १० करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here