साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ । पछिल्लो समय निरन्तर रुपमा घटिरहेको नेप्से परिसूचक आईतवार नेप्से परिसूचक ३३.९७ अंक घटेर १८७६.४१ बिन्दुमा झरेको छ ।आईतवार नेप्से परिसूचक १९ सय अंकको बिन्दुबाट पनि तल झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ६.०४ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.३३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३६ अंकले घटेको छ ।
आइर्तवार कारोबारमा आएका २२९ कम्पनीको ६२ लाख ९६ हजार कित्ता शेयर १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । वाणिज्य बैंकहरुले ब्याजदर बढाउने निणर्य गरेसँगै नेप्से परिसूचक निरन्तर रुपमा उच्च अंकले गिरावट आइरहेको छ ।
नेप्सेका १३ उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूहको परिसूचक ३.२४ प्रतिशतले घटेको छ । त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ३.०९ प्रतिशत घटेको छ भने विकास बैंक, वित्त, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
आईतवार नेप्सेपरिसूचक उच्च अंकले घटेपनि ग्लोबल आइएमई समुन्नत स्किमको इकाईमूल्य ५.३५ प्रतिशत बढेको छ । त्यसैगरी, नेपाल ल्यूब आयलको मूल्य ४ प्रतिशत बढेको छ । तर यता बलेफी हाइड्रोपावर र दोर्दी खोला जलविद्युतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ । आज लक्ष्मी बैंकको २१ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Latest posts by Business TV Nepal (see all)
- सरकार र आन्दोलित शिक्षकबीच ६ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता - September 22, 2023
- महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने काम भइरहेको छ ः उपमेयर डङ्गोल - September 22, 2023
- लगानी संरक्षणका लागि नीतिगत व्यवस्था आवश्यक ः महासचिव भुसाल - September 22, 2023
Comment here