आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा

पछिल्लो तीन सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंकले बढेको छ ।
आईतवार कारोबारमा आएका २३० कम्पनीको ६३ लाख ६३ हजार कित्ता शेयर २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । आइतवार नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सुधार भएको छ । अघिल्ला कारोबारहरुमा १ अर्ब बराबरको कारोबार हुँदै आएको थियो ।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक उच्च रुपमा बढेका छन् । जसमध्ये लगानी उपसमूहको परिसूचक सवैभन्दा धेरै ८.८७ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ८.३० प्रतिशत बढेको छ । जलविद्युत,वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ७ प्रतिशतभन्दा बढी र लघुवित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ ।
आइतवार कारोबारमा आएका २३० कम्पनीमध्ये २२३ कम्पनीको शेयर मूल्य बढेको छ । जसमा दुई दर्जन कम्पनीहरुको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आईतवार कारोबारको आधारमा कुमारी बैंक अग्र स्थानमा छ । बैंकको ८ करोड ६४ लाख ३८ हजार बढीको कारोबार भएको छ । हिमालयन डिष्टिलरी र ङादी ग्रुप पावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Spread the love