आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने

आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी आगामी अक्टोबरमा इण्डोनेशियाको जाकार्तामा ट्रेड एक्स्पो हुने जानकारी दिएको हो । सो एक्स्पोमा इण्डोनेशियाले उत्पादन गरेका सबै प्रकारका वस्तुहरु राखिने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले बताउनु भयो । उहाँले सो एक्स्पोले नेपाल र इण्डोनेशियाका बीचमा भइरहेको व्यवसायिक गतिविधिलाई अझै बढाउन मद्दत गर्ने बताउनु भयो । उहाँले एक्स्पोमा सहभागी भएर नेपालले इण्डोनेशियाका उत्पादनहरुका बारेमा जानकारी लिने र नेपाली उत्पादनहरुलाई इण्डोनेशिया लैजाने उपयुक्त अवसर हुने उल्लेख गर्नुभयो । सो अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपाध्यक्ष ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनु भयो । उहाँले ब्याज बढ्दैमा डिपोजिट नबढ्ने पनि बताउनु भयो ।
उहाँले तरलता अभावका कारण व्यापारिक गतिविधिहरु खुम्चिरहेको बताउनु भयो । यद्यपी पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्षेत्रमा भने सुधार हुँदै गएको उहाँको भनाइ छ ।

Spread the love