आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रश्तुत गर्ने

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रश्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गर्नुभएको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बताउनु भयो । उहाँले सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने बताउनु उहाँले बताउनु भयो । प्रवक्ता पाण्डेले बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताउनु भयो । उहाँले जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रश्ताव पेश गर्ने कार्यक्रम रहेको उल्लेख गर्नुभयो । जेठ ४ र ५ गते संसद्मा प्रि-बजेटमा छलफल हुने प्रवक्ता डा. पाण्डेले बताउनु भयो । जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रश्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्नु र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताउनु भयो ।

प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरु निरन्तर रुपमा चल्ने बताउनु भयो । पाण्डेका अनुसार प्रतिनीधि सभासँग ३ गतेबाट राष्ट्रिय सभाको बैठक पनि शुरु हुने बताउनु भयो ।

Spread the love