काठमाडौं । आज अन्तर्राष्ट्रिय सहकारी दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरिमनाइदैं छ । हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।
सहकारीलाई समान इच्छा, आकाङ्क्षा र अवस्थाभएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयासको रुपमा पनि लिइने गरिन्छ ।