आज अमेरिकी डलरको भाउ बढ्दा युरो र पाउन्ड घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैया ४३ पैसा कायम गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा,अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९२ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९ रुपैयाँ १७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ७१ पैसा, थाई भाट एकको खरिद दर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसानिर्धारण गरिएको छ ।
यसैगरी, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५७ पैसा र बिक्री दर २१ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले आजको लागि हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ३१ पैसा र बिक्री दर ४५० रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिद दर ३६२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५७ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Spread the love