आज कुन विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जस अनुसार आज अमेरिकी डलर घटेको छ ।आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपैयाँ ४१ पैसा र बिक्री दर १३८ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ ।
यस्तै गरी आज युरोपियन युरो एकको खरिद दर १५९ रुपैयाँ ०९ पैसा र बिक्री दर १५९ रुपैयाँ ७९ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ५८ पैसा र बिक्री दर ८९ रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १८६ रुपैयाँ ६६ पैसा र बिक्री दर १८७ रुपैयाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा र बिक्री दर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले आज क्यानेडियन डलर एकको खरिद दर १०१ रुपैयाँ २३ पैसा र बिक्री दर १०१ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०७ रुपैयाँ ३५ पैसा र बिक्री दर १०७ रुपैयाँ ८२ पैसा,जापानी येन १० को खरिद दर नौ रुपैयाँ ५४ पैसा र बिक्री दर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ १४ पैसा र बिक्री दर १९ रुपैयाँ २२ पैसा तोकिएको छ ।
आज साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपैयाँ ६१ पैसा र बिक्री दर ३६ रुपैयाँ ७७ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ७० पैसा र बिक्री दर ३७ रुपैयाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइभाट एकको खरिद दर चार रुपैयाँ २३ पैसा र बिक्री दर चार रुपैयाँ २५ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ११ पैसा र बिक्री दर १० रुपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ५२ पैसा र बिक्री दर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपैयाँ ५१ पैसा र बिक्री दर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ २७ पैसा र बिक्री दर ४५१ रुपैयाँ २३ पैसा,बहराइन दिनार एकको खरिद दर ३६४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९४ पैसा, ओमनी रियाल एकको खरिद दर ३५६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Spread the love