काठमाडौं । वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ साल देखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ ।
आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइदैँ छ ।
भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षादिवस मार्ग दर्शन २०७१ तर्जुमा समेत गरिएको छ।
वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । ९० सालको भूकम्पका कथाहरू धेरैल ेसुनेका छौ होला ।
भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुप¥यो । वर्ष ८० मा पनि साना ठुला भूकम्प अनि पराकम्पका साथै जनधनको क्षतिपनि भएको छ । यसै वर्ष पनि जाजरकोटमा भूकम्प गएको थियो ।
यस्तो घटना फेरि फेरि पनिहुन सक्ने हुदाँ भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने र यस्तो अवस्थामा कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेत गराउन अति आवश्यक छ । सरकारले यसबारे पहल कदमी गरेपनि अझै पूर्णता भने दिन सकेको छैन् ।