नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ ।
आज ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । आज १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै देशभरी कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९३, प्रदेश नम्बर २ मा, बागमती प्रदेशमा ७ हजार ७ सय ९ र गण्डकी प्रदेशमा ७ सय ११ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ६ सय ३७, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३५ जना गरी देशभरी १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ हजार ४२, प्रदेश नम्बर २ मा ६ सय ४१, बागमती प्रदेशमा १५ हजार २ सय २८ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय १७, कर्णाली प्रदेशमा ६ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ६ सय ८१ जना गरी देशभरी २४ हजार १ सय ९४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन ।
आज ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएसँगै आजसम्म देशभरी ८४ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ । आज एकैदिन १९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय ९४ पुगेको हो ।