इन्दु शंकर चिनी उद्योगद्वारा उखु कृषकलाई सम्मान

इन्दु शंकर चिनी उद्योगले उखु किसानलाई सम्मान गरेको छ । सर्लाहीको हरिवनमा रहेकोइन्दु शंकर चिनी उद्योगले ४७ जना किसानलाई सम्मान गरेको हो । आधुनिक विधि र प्रविधिको प्रयोग गरी उन्नत जातका उखु उत्पादन गर्दै आएका किसानलाई सम्मान गरिएको इन्दु शंकर चिनी उद्योगले जनाएको छ । उखु उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको उद्योगका महाप्रबन्धक योग नारायण रजकले बताए । इन्दु शंकर चिनी उद्योगका अध्यक्ष राजेश केडियाले उखु खेतीको गुणात्मक विकासमा सघं, प्रदेश र स्थानीय, र सरकारको सहयोगको आग्रह गरेका थिए ।
सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगले सर्लाही, रौतहट, महोत्तरी लगायतका जिल्लाका कृषकहरुलाई उखु उत्पादन गर्न प्रोत्साहन गर्दै आएको र उत्पादित उखु खरिद गर्दै आएको छ ।

Spread the love