विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवा मनि ट्रान्सफर दुई वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । २०७७ साल बैशाख ३० गते नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुप अन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर तेस्रो वर्षमा प्रवेश गरेको हो । यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा धेरै देशका ३० भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आएको छ ।
दुई वर्ष अघि संचालनमा आए संगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।
डिजिटल प्रविधिबाट रेमिट्यान्स पठाउन मिल्ने भएकाले इसेवा मनी ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउँदा सेवाग्राहीले कम शुल्कमै रेमिठट्यान्स् पठाउन पाएका छन् । त्यस्तै, यस कम्पनीले आफ्ना एजेण्ट नेटवर्कलाई पनि व्यापक मात्रामा वृद्धि गर्दै देशका हरेक गाउँ अनि शहरसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।
दोस्रो वार्षिकोत्सवको अवसरमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भन्नुभयो, “कार्य संचालनको २ वर्षमै इसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ । हाम्रो यस सफलताको श्रेय, सम्पूणर् साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक वर्ग लगायत सम्पूणर् शुभचिन्तक हरुलाई दिन चाहान्छु”। आफ्नो सेवा विस्तारका बारे कोइरालाले थप्नुभयो, “हामी आउँदा दिनहरुमा थप अन्तराष्ट्रिय साझेदारसँग समन्वय गर्दै थप नेपालीसम्म आफ्नो सेवा विस्तार गर्दै लैजानेछौँ र उनीहरुलाई रेमिट्यान्स कारोवारमा थप सुविधा पुर्याउने छौँ”।

Latest posts by Business TV Nepal (see all)
- बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढ्यो - May 19, 2022
- दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन - May 19, 2022
- अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्चतम बिन्दुमा - May 19, 2022
Comment here