इसेवा १६ औं वर्षमा प्रवेश

 

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले वित्तीय प्रविधिमा नवीनतम सेवाहरु थ्प गर्दै जाने र उत्कृष्टताका लागि कार्यरत रहने प्रतिवद्धताका साथ आफ्नो १६ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।‘सबैका लागि सधैं र सँगै अर्थतन्त्रको लागि’भन्ने सिद्धान्त बोक्दै लाखौं मानिसहरुलाई सहज वित्तीय सेवाहरुको पहुँच पुर्याउदै आइरहेको इसेवाले नेपालमा वित्तीय समावेशीकरणमा महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आइरहेको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले हाल इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, हवाइ जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटल बुकीङ, शेयर तथा डिम्याट खातानविकरण, ब्लूबुक नविकरण, इन्सोरेन्स लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानीका साथै इजीलोन, इस्पिकर , मर्चेन्ट लिङक जस्ता सुविधाहरु दिदै आइरहेको छ । लाइनबाट अनलाइन सम्मको यात्रा तय गरेको इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार रहेका छन् ।करिब १ करोड कुल प्रयोगकर्ता भएको इसेवा गत वर्ष प्ले स्टोरमा १० लाखभन्दा बढी डाउनलोड हुने पहिलो नेपाली डिजिटल वालेट भएको थियो । त्यसै गरि इसेवाको २ लाख ६८ हजार भन्दा बढी एजेन्ट र ४ लाख ५० हजार भन्दा बढी मर्चेन्टहरु रहेका छन् ।

इसेवाले आगामी दिनहरुमा आफ्नो सेवाहरु विस्तार गर्ने योजनाहरु बनाइ रहँदा आफ्नो प्रयोग कर्ताहरुको आवश्यतालाई मध्यनजर गर्दै नयाँ फिचरहरु ल्याउनुको साथै तिनको स्तर उन्नतीमा समेत कार्यरत रहने प्रतिवद्धता रहेको इसेवाका कार्यकारी अधिकृत जगदीश खड्काले बताएका छन् । यसै क्रममा इसेवाले हालसालै ल्याएको नयाँफिचर हो Finance360 यसको साथ ग्राहकहरुले प्रत्येक विधामा भएको आफ्नो खर्चको विवरणहरु हेर्न सकिन्छ । यो फिचरमा कुनकार्यमा के कति खर्च भयो, कुल समयमा कुल खर्च कति भयो हेर्नुका साथै आफ्नो मासिक खर्चको लागि बजेट पनि निर्धारण गर्ने जस्ता विशेषताहरु रहेको छ । यस फिचरको साथ इसेवा प्रोगकर्ताहरुलार्इ आफ्नो खर्च व्यवस्थापन गर्न र न्यूनिकरणमा समेत मद्दत पुग्ने कुरामा प्रमुखकार्यकारी अधिकृत खड्काले जोड दिएका छन् ।

 

Spread the love