ईङवा हाइड्रोपावर लिमिटेडले फागुन २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । त्यसैगरी १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हाइड्रोपावरले जनाएको छ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु सकिनेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। सो आईपीओमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।

The following two tabs change content below.
Nepal's First Business Television.
Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here