उड्डयन क्षेत्र व्यवस्थित नहुंदा पर्यटन क्षेत्र र अर्थतन्त्रमा असर परेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्स व्यवस्थित भयो भने पर्यटन क्षेत्र र अर्थतन्त्रलाई पनि सुधार गर्न सक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल एरलाइन्सको ६७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल एरलाइन्स सबैसंग जोडिएको विषय भएको भन्दै यसको विकास भएको खण्डमा पर्यटन क्षेत्र र अर्थतन्त्रको विकास हुने औंल्याए ।
यस्तै, उनले देशचुनौती पूर्ण अवस्थाबाट गुज्रिरहेको बेला एयरलाइन्सलाई पनि समस्या भएकाले यसको राम्रो व्यवस्थापन र आर्थिक एवम व्यवसायिक सफलता हासिल गर्नुपर्ने थियो त्यो नभएको बताए ।
नेपाल एरलाइन्सले पनि सुधारका संकेतहरु देखिने गरि काम गर्ने अपेक्षा गरेको पनि उनको भनाई छ ।

Spread the love