रौतहट । रौतहट प्रहरीले एक रुपैंयाँ जरिवाना तोकिएका सहित १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।
कुटपिट र जलसाजीका चार जना प्रतिवादी एक रुपैंयाँ जरिवाना तोकिएको रौतहट प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए । उनका अनुसार कुटपिटका उमा पति देवी, रुद्रल सहनी र जलसाजीका कौशीला देवीकल्वार र सन्तोष कुमारलाई एक रुपैयाँ जरिवाना तोकिएको हो । पक्राउ परेका फरार प्रतिवादीहरुमा लुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई रु ६ जरिवाना तोकिएको उनले जानकारी दिए ।
जाल साजीका राम सिहासन साह र साहेब लाल साहलाई रु १० जरिवाना तोकिएको उनको भनाइ छ । किर्तेका गगाजली देवी र कुटपिट लुटपिटका ललीता देवीदासलाई रु ५० जरिवाना तोकिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
किर्ते जलसाजीका गणेश महरा चमार, लुट्पिट गाली बेइजतीमा शेख जाकिर , गाली बेइजतीमै जितन राययादव, प्रभा देवी कुटपिटमा महेन्द्र राययादव, जग्गा खिचलोमा गेना लाल साह, सिया राम साह र रामनाथ साहलाई पक्राउ गरेको रौतहट प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टालीले खोज तलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि रौतहट जिल्ला अदालतमा पठाएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ ।