ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गर्नु भएको छ । नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन गर्ने उल्लेख गर्दै उहाँले त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन पनि मातहतका निकायलाई निर्देशन दिनु भयो । बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राज्यमन्त्री सिंहले गुणस्तरीय विद्युतीय चुल्होको आयात गर्न पनि सरोकारवाला पक्षलाई सचेत गराउनु भयो । गरिव जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पुर्याउनुपर्ने उहाँको भनाई थियो । राज्यमन्त्री सिंहले विद्युतीय चुल्हो ग्याँसभन्दा सस्तो हुने भएकाले जनतालाई सो कुरा बुझाउन घरघरमा अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । उहाँले खाना पकाउने ग्याँसका लागि मुलुकको ठूलो धनराशी देश बाहिर गएको भन्दै त्यसलाई रोक्न पनि विद्युतीय चुल्होको खपत बढाउनुपर्ने तर्क समेत गर्नु भयो ।
राज्यमन्त्री सिंहले विद्युतीय चुल्होका लागि दिइएको अनुदान दूरुपयोग नगर्न पनि कडा निर्देशन दिनु भयो । नेताहरुका छोराछोरी र कार्यकर्ताहरुले मात्रै सो अनुदान सहायता पाउने गरेको आफूले जानकारी पाएको उल्लेख गर्दै सो अनुदान लक्षित समूदायमा पुर्याउनुपर्ने उहाँको भनाई थियो ।

Latest posts by Business TV Nepal (see all)
- सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यकः विज्ञहरु - February 4, 2023
- बैंक एकाउन्ट ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न ८ जना पक्राउ - February 3, 2023
- एनआरएस स्पोर्ट्स फाउण्डेशनले रन फर ओबेसिटी म्याराथन फागुन २० गते हुने - February 3, 2023
Comment here