एनआईसी एशिया बैंकको देशभरिका सबै सिस्टम डाउन, ग्राहकहरू आक्रोशित

एनआईसी एशिया बैंकको देशभरिका सबै शाखामा आज बिहान ११: ३० बजेबाट प्रणाली अवरुद्ध भएको छ । बैंकको यस अप्रत्याशित असुविधाले सेवाग्राहिहरुमा असन्तुष्टि र आक्रोश पैदा गरेको छ। धेरै ग्राहकहरू बैंकका शाखामा पुगेर लामो समयसम्म सेवाहरू प्राप्त गर्न असमर्थ भएका छन्, जसले उनीहरूलाई थप तनाव र कठिनाइहरूको सामना गराएको सेवाग्राहिहरुले बताएका छन् । यस अवरोधका कारण देशभरिका ग्राहकहरूले असहज स्थिति सामना गर्नुपरेको सेवाग्राहिहरुले बताएका छन् ।
बैंकले सिस्टम डाउन भएको कारण बैंकको केही सेवाहरू बन्द गर्नुपरेको बैंकका एक कर्मचारीले बताएका छन् ।

Spread the love