क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले एनसीसीएस सिप्यान’ क्रिकेट अवार्डबाट विभिन्न पँच विधाहरुमा खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । आगामी चैत २१ गते वर्ष क्रिकेट खेलाडी (पुरुष र महिला), उदयीमान क्रिकेट खेलाडी गरी विभिन्न पँच विधामा सम्मान गर्ने भएको हो । सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेका अनुसार वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदयीमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ठ क्षण र लाइफटाइम अचिभमेन्ट अवार्डबाट खेलाडीहरुलाई सम्मान गरिने बताउनुभयो । पाण्डेका अनुसार वर्ष क्रिकेट खोलाडी (महिला, पुरुष) तर्फ १ लाख ३१ हजार पुरस्कार राशी राखिएको छ । अन्य तीन विधामा समान ६६ हजार पुरस्कार राशीका साथ सम्मान गरिने उहाँले बताउनुभयो । गतवर्ष क्रिकेट वर्ष खेलाडी अन्तर्गत महिला र पुरुषले पाउने रकम फरक फरक रहेकोमा त्यसलाई यो वर्ष समान गरिएको उहाले बताउनुभयो ।
पुरस्कारका लागि योग्य खेलाडी छनौट गर्न प्राविधिक समिति गठन गरिने र तोकिएको मापदण्डका आधारमा समितिले सिफारिस गरेका खेलाडीहरुलाई विभिन्न विधामा पुरस्कार राशी र ट्रफी पदान गरिने भएको हो । लाइफटाइम अचिभमेन्ट अवार्ड भने अनलाईन भोडिङका माध्यमका आधारमा छनोट गरिनेछ । नेपाली क्रिकेटको पुरानो पुस्तालाई प्रतिनिधित्व गर्ने खेलाडीलाई क्रिकेट खेलको क्षेत्रमा पु¥याएको योगदानका आधारमा पुरस्कृत गरिने पत्रकार मार्फत जानकारी गराइएको छ ।