गतअसार १ गते र २ गते एन.आइ.सी. एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल, प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा,नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायतप्रदेश प्रमुख, अनुगमनअधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रममा संस्थाले प्रदान गर्ने सेवाको बारेमा जानकारी दिइएको थियो भने सदस्यहरुको गुनासो सम्बोधन गरिएको थियो । गोर्कटा शाखामा ६२ जना, बोडगाउँ शाखामा ७८ जना र सर्दी शाखामा ५५ जना सदस्यहरुको सहभागिता रहेको थियो ।