यस एन आई सी एशिया बैंकले दुर्घटनामा परी ज्यान गुमाउनु भएका अर्जुन खरालको परिवारलाई दुर्घटना बीमा वापतको रु. १० लाख उपलब्ध गराएको छ । यस बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्नु भएका रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिकामा स्थायी घर भएका मृतक खरालको खातामा उपलब्ध दुर्घटना बीमावापतको रकम उहाँकी श्रीमती लक्ष्मी बस्यालज्यूलाई यस बैंकका लुम्बिनी प्रदेश प्रमुख श्री तिलक सुन्दर कार्कीज्यूले रु. १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
बैंकले हालसम्म २०७९ जना ग्राहक महानुभावहरुलाई बीमा दाबी गरे वापतको रु. ७ करोड ८८ लाखभन्दा बढी रकम प्रदान गरिसकेको छ । जसमध्ये घातक रोग बीमा वापत २७ जनाले रु. २ करोड ९० लाख, दुर्घटना बीमा वापत १३ जनाले रु. १ करोड ३० लाख र मेडिकल बीमा वापत २ हजार ३९ जनाले रु. ३ करोड ६७ लाख बीमा रकम प्राप्त गरिसक्नुभएको छ । यस बैंकले सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहक महानुभावहरुलाई ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराएको छ । जस अन्तर्गत रु. ४० लाखको दुर्घटना बीमा, रु. ४० लाखको घातक रोग बीमा र रु. ४ लाखसम्मको औषधि उपचार बीमा प्राप्त गर्नुहुन्छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले रु. ३ लाख २० हजारसम्म र ओपीडी उपचारको लागि रु. ८० हजारसम्म प्राप्त गर्न सक्नुहुनेछ । ।

Latest posts by Business TV Nepal (see all)
- समाजका हरेक गतिविधिमा महिला सहभागिता अनिवार्य छ ः प्रधानमन्त्री दाहाल - March 25, 2023
- रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण अलपत्र - March 25, 2023
- आर्थिक मन्दीका कारण सुनसान बाँके बजार - March 25, 2023
Comment here