काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बझाङ्ग जिल्लाको साइपाल गाउँपालिकामा शाखा विस्तार गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङ्गको उत्तरपूर्व साईपाल गाउँपालिका वडा नं. १ स्थित धलौनमा औपचारीक रुपमा एभरेष्ट बैंकको शाखा उद्घाटन गरेका छन् । एभरेष्ट बैंकको साईपाल शाखा कार्यालय उद्घाटन पश्चात देशका ७५३ वटै स्थानीय तहमा क वर्गको बैंकको उपस्थिति भएको छ ।
उद्घाटनका क्रममा गभर्नर महाप्रसाद अधिकारीले संघीय राष्ट्रको सम्पूर्ण पालिकामा बैंक पु¥याउने सरकारी लक्ष्यले पूर्णता पाएको बताएका छन् ।यस क्रममा उनले त्यस क्षेत्रमा समग्र आर्थिक विकासका क्रियाकलाप समेत चलायमा नहुने उनले विश्वास व्यक्त गरे ।उक्त उद्घाटन कार्यक्रममा एभरेस्ट बैंक लिमिटेड संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग ,साईपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहोरा लगायतका स्थानीय जनप्रतिनिधि र स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक संख्या रहेका र देशैभरीे १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटिएम छन । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । यस बैंकले भारतको नया दिेल्ली लगाएत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ.।